१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:28 am
राजनीति

एमाले र परिवार दलबीच तालमेलको सहमति, सूर्य चिह्नबाटै चुनाव लड्ने

सूचना प्रेस २०७८ चैत्र ३० बुधबार ००:००, १५:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र परिवार दलबीच तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ ।

एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आज भएको पाँच बुँदे सहमति अनुसार तालमेल सम्भव भएको पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको हो । यस्तै एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्ध निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति पनि भएको छ ।