१८ असार २०८३, बिहिबार 1783004390
Banner

आर्थिक समृद्धिका लागि दलहरूबीच सहकार्य आवश्यक: सभामुख घिमिरे

विराटनगर-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुककाे समृद्धिका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्थाप्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण गर्न र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुबीच छलफल र सहकार्य हुनुपर्ने बताउनुभयाे।

केहीकाे चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको भन्दै उहाँले जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरु र नागरिकहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो। 

वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेका भन्दै सभामुख घिमिरेले उनीहरुकाे कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकले सामना गरेर अघि बढ्नका लागि एताबद्ध हुन जरुरी रहेको बताउनुभयाे।

उहाँले भर्खरै सुरु भएको संसदको हिँउदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने बताउनुभयाे। सरकारले चालु अधिवेशनमा करिब ६१ वटा विधेयकहरु ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुनसक्ने उहाँले बताउनुभयाे।