१४ श्रावण २०८३, बिहिबार 1785435749
Banner

नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग- २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा पूरा गरेको थियो। नामिबियाका लागि जेन फ्रलिंकले सर्वाधिक ३४ रन बनाए। त्यस्तै मिचेल भान लिंगेनले २३, निकोलास डेभिनले १५ र जेन निकोलले ३५ रन बनाए भने जेजे स्मिथ १७ रनमा अविजित रहे।

नेपालका लागि सोमपाल कामीले ३ र ललित राजबंशीले २ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा अलआउट हुँदै सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। त्यसैगरी गुलशन झाले २१ रन, कुशल मल्ल १५ रन, करण केसीले १६ रन बनाए। कुशल भुर्तेल पहिलो बलमै आउट भए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नामिबियाका लागि जेरार्ड एरास्मसले सर्वाधिक ५ विकेट, रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २/२ विकेट र निकोल लोफ्टि-इटनले १ विकेट लिन सफल भए।