४ आश्विन २०८३, आइतबार 1789908958
Banner

फागुन ८ देखि १० गतेसम्म एमाले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं-नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताउनुभयो।

बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उहाँले बताउनु भयो। बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने महासचिव पाेखरेलले बताउनु भयो।