८ मंसिर २०८१, शनिबार 1732406530
Banner

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद ८० लाख जरिवाना

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो। अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।