१८ असार २०८३, बिहिबार 1782991384
Banner

एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित

काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ।

क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो।

पराजित भएसँगै नेपालले एसिया कप टी २० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जित निकाल्यो। मलेसियाको जितमा इल्सा हन्टरले अविजित अर्धशतकीय योगदान गरिन्। ५३ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाइन्। नेपालकी सिता रानामगर र कविता जोशीले २र२, कविता कुँवर र रुबिना क्षेत्री बेल्बासेले समान एकरएक विकेट लिए।