१६ असार २०८३, मंगलबार 1782841645
Banner

नेपाललाई सातौं सफलता, कप्तान रोहितले लिए विकेट

काठमाडौं । नेपालविरुद्धको खेलमा नेदरल्याण्ड्सको सातौं विकेट पतन भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्सको सातौं विकेट लिएका हुन्।

२७/२ ओभरमा पौडेलले नेदरल्याण्ड्सका शारिज अहमदलाई आउट गराएका हुन्। त्यस अगाडि २६/३ ओभरमा कुशल भुर्तेलको बलमा नेदरल्याण्ड्सका वेस्ली बरेसीलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराए।

त्यसैगरी कुशल मल्लले नेदरल्याण्ड्सको पाचौं विकेट लिएका थिए। नेदरल्याण्ड्सका नोआह क्रोसलाई २५ ओभरको तेस्रो बलमा मल्लले रन आउट गरेका हुन्। त्यस अगाडि ललित राजबंशीले नेदरल्याण्ड्सका बास डे लिड र साइब्रान्ड एंगलब्रेक्टलाई आउट गराए। एंगलब्रेक्ट राजबंशीको बलमा अनिल साहबाट क्याच आउट भए।

म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका थिए भने सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको पहिलो विकेट लिएका हुन्। कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए। नेदरल्याण्ड्सले अहिले २९ औं ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १०८ रन बनाएर खेलिरहेको छ।