१६ असार २०८३, मंगलबार 1782866910
Banner

स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले घोषणापत्रका बिषयमा छलफल गर्दै सदस्यहरुले दिएको सुुझावका आधारमा आवश्यक परिमार्जन गर्दै घोषणापत्र पारित गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिए। त्यस्तै कांग्रेसको समानुपातीकको बन्दसूचीमा रहेकाहरु स्थानीय निकायमा उम्मेद्वार बन्न रुची देखाएकाले बन्द सूचीबाट नाम हटाउनका लागि निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुखको केन्द्रीय गठबन्धन र जिल्लाले नगरपालिका र गाउँपालिकाका गठबन्धनको उमेदवारको टुङ्गो लगाई वैशाख ३ गते भित्र नाम पठाउन भनिएको उनले बताए ।

उनले स्थानीय तहमा उम्मेद्वार चयनका लागि तय भएको मापदण्डलाई मध्यनजर गर्दै आवश्यक निर्णय हुने जानकारी दिए।