२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:23 pm
समाचार

फिदिममा ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा

सूचना प्रेस २०८० फाल्गुन ९ बुधबार ००:००, ०६:१२ बजे १ मिनेट पढाइ

पाँचथर । ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिममा बजारमा शाखा रहित बैंकिंक सेवा सुरु गरेको छ ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण नेउपाने बैंकका प्रमुख कार्यकारी अधिकृत दिलिप पोखरेल र वडा नं १२ का अध्यक्ष कमल प्रसाद चापागाईंले संयुक्त रुपमा बैंकिंक सेवाको उद्घाटन गर्नुभयो । शाखा रहित बैंकिंक सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधी मार्फत सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने,तोकिएको सिमासम्म रकम जम्म गर्ने,झिक्नेआफ्नो खातामा रहेका रकमको जानकारी लिने ,कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सकिने बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।