१० भदौ २०८३, बुधबार 1787800015
Banner

मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अनेरास्ववियुद्वारा देशभरका क्याम्पसमा प्रदर्शन

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले आज बिहान ९ बजे एकसाथ देशभरिका क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 

बालकुमारी घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाका कारणले घटना भएको निष्कर्ष निकालेपछि उनको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । 

यस्तै अनेरास्ववियुले काठमाडौँको कमर्स क्याम्पस अगाडि ज्वालाको राजीनामा माग्दै उनको पुत्ला दहन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुले प्रदर्शन गर्दै आएको छ । 

बालकुमारी घटनामा प्रहरीको गोली लागेर सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएकोको थियो ।