१० भदौ २०८३, बुधबार 1787781171
Banner

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं – गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सकिएको छ।

आजको बैठकमा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस’ भनी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले प्रस्ताव पेस गरेकी थिइन् । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै नेकपा एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाएका थिए ।

सांसदको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या एकिन गर्न निर्देशन दिएका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभामा कायम रहेका सदस्यको एक चौथाइ ६९ हुनुपर्नेमा ६५ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।