६ भदौ २०८३, शनिबार 1787426184
Banner

बाराको निजगढमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौं। बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा ६ जना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परि घाइते भएका ६ जनामध्ये अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको थियो। तामाजस्तो देखिने वस्तु खोलेर काट्न लाग्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

उक्त घटनामा निजगढ नगरपालिका ५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।