६ भदौ २०८३, शनिबार 1787417506
Banner

भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ।

उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो । उहाँका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन्।

२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि उहाँले स्वर गुमाउनुभएको थियो । त्यसयता उहाँ ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेहनु भएको थियो । उहाँ स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुनुहुन्थ्यो । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ ।