२८ भदौ २०८३, आइतबार 1789341209
Banner

हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय चिनियाँ नागरिक लाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथमा रहेको झोलाबाट १२ लाख नगदसमेत बरामद गरेको छ। चिनियाँ नागरिकले नेपाली एक हजार नोट ८०० थान र ५ सयको नोट ८०० थानसहित पक्राउ परेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीमार्फत कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने उनलाई पक्राउ गरेको थियो। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ।