३ भदौ २०८३, बुधबार 1787129830
Banner

एमालेद्वारा काठमाडौं मेयरमा पाँचजनाको नाम सिफारिश, यी हुन् उम्मेदवार

काठमाडौं— नेकपा एमाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिश गरेको छ। एमाले काठमाडौं महानगर कमिटिको बुधबार बसेको बैठकले मेयर उम्मेदवारका लागि पाँचजनाको नाम केन्द्रलाई सिफारिश गरेको हो।

जिल्ला कमिटीको सिफारिशमा परेका मध्येबाट स्थायी कमिटिले उम्मेदवार तोक्नेछ। काठमाडौं मेयर उम्मेदवारमा एमालेबाट सिफारिश हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त छन्।

मेयर सिफारिशमा परेका विद्यासुन्दर शाक्य अहिलेपनि मेयर छन् । त्यस्तै केशव स्थापित पुर्व मेयर हुन । रामवीर मानन्धर पुर्वमन्त्री हुन ।

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिश गरेको छ। रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिश गरेको छ।

उपमेयरमा सिफारिश रत्न गुरुङ्ग संविधान सभा सदस्य हुन, त्यस्तै शान्ति अधिकारी एमाले नेतृ एवं पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन्। त्यस्तै पेम्बा लामा सक्रिय एमाले नेतृ हुन्। सिफारिस भएका महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय पार्टी स्थायी कमिटीले गर्नेछ।