२८ भदौ २०८३, आइतबार 1789350494
Banner

नेदरल्यान्डमाथि नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा नेपाल फाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले जित पार्दै फाइनल प्रवेश गरेको हो।

नेदरल्यान्ड्सले १२० रन बनाएपछि जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५।२ ओभरमा लक्ष्य भेट्टाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। पौडेलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

कुशल भुर्तेलले १ चौका र १ छक्कासहित १२ रन, आसिफ शेखले १ चौकासहित ८ रन, गुलसन झाले ३८ रनको योगदान गरे। झाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ४ रन र कुशल मल्लले २ रनको योगदान गर्दै अविजित रहे।

नेदरल्यान्ड्सका लागि भिभिएन किंग्माले पौडेल, भुर्तेल र शेखको विकेट लिएका हुन्। आर्यन दत्तले १ विकेट लिए।

त्यसअगाडि नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए। उनले १ छक्का र ४ चौका प्रहार गरे। त्यसैगरी टिम भान डर गुग्टेनले २४ रन, रोलफ भान डर मर्वले २३ रन, कप्तान स्कट एडवार्ड्सले १ छक्कासहित १८ रन, तेजा निदामानुरुले ५ रन, माइकल लेभिटले ४ रन, भिभिएन किंग्माले ४ रन, नोआ क्रोस ३ रनको योगदान गरे।

नेपालका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट, कुशल मल्ल र करण केसीले २/२ विकेट, दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। मल्ल, जिसी र केसीले एउटै ओभरमा २र२ विकेट लिएका थिए। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।