२८ भदौ २०८३, आइतबार 1789334184
Banner

मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक बस्र्दै

काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्यालले विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका थिए। अहिले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले आफैँ लिएका छन्। बाँकी मन्त्रीबारे आजको बैठकमा निर्णय हुने बताइएको छ ।