२३ असार २०८३, मंगलबार 1783407235
Banner

कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौँ-नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

आज दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने एक स्रोतले जनाएको छ। स्रोतका अनुसार आजको बैठकबाट तीन वटा निर्णय हुनेछ। सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गरिनेछ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ। सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक-एक जनालाई विना विभागीय मन्त्री बनाइसक्नुभएको छ। माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ।