४ भदौ २०८३, बिहिबार 1787268363
Banner

माधव नेपाललाइ भेटन सभापति देउवा कोटेश्वरमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सभापति देउवा, काग्रेस नेता रमेश लेखक सहितको टोलीले नेता नेपाललाई आज भेट गरेको हो । राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए।

प्रधानमन्त्री र केपी ओलीलाई अध्यक्ष नेपालले सकारात्मक प्रतिक्रिया दिएको भनिएको थियो। भेटमा देउवाले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास गर्ने बताइएको छ। आफूहरूसहितको गठबन्धन भंग गरेर प्रधानमन्त्रीले एमालेसहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको थियो।