२६ जेष्ठ २०८३, मंगलबार 1781033306
Banner

कांग्रेसले संसदीय दलमा भन्यो, प्रचण्डले राजनीतिक बेइमानी गरे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको हो।

प्रचण्डले बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले बताए। उनले मुलुकमा दिगो शान्ति,सुशासन, विकासको समृद्धि र स्थिरताका लागि माओवादीसँग गठबन्धन गरेको तर प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिएको बताए।

उनले प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर मुलु्कलाई अस्थिरता,अन्योल र अनिश्चितातर्फ लैजाने काम गरेको आरोप लगाए। यसअघि नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।