१६ असार २०८३, मंगलबार 1782871187
Banner

काँग्रेसद्धारा ललितपुरको मेयरमा सात जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो।

नगर सभापति शुभाननले मेयरका लागि सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको बताए। अब प्रदेशले नाम केन्द्रमा पठाउनेछ। कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ।