७ मंसिर २०८१, शुक्रबार 1732327919
Banner

मैत्रीपूर्ण टी २० क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाडौं । मैत्रीपूर्ण टी २० क्रिकेटमा नेपाल हङकङसँग रनले ७३ रनले पराजित भएको छ।

मोङ ककमा घरेलु टोली हङकङले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १ सय ३९ रनमा समेटियो।

१० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै धराशायी बन्न पुगेको थियो।

नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२, आरिफ शेखले ३८, र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। गुल्सन झाले ८, रासिद खानले ३, कुशल भुर्तेल, र आकाश चन्द र सन्दीप जोराले २र२ रन बनाउँदा विवेक यादव एक र प्रतिस जिसि शून्यमा आउट भए।नेपाललाई सस्तैमा समेट्न हङकङका ऐजाज खानले सर्वाधिक ४ विकेट लिए। इसान खानले ३,नसरूल्ला राना, अतिक इकवालले एकरएक विकेट खसाले।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रनको विशाल योगफल बनाएको हो।

१७ छक्का र १३ चौका प्रहार गरेको हङकङका बाबर हायातले शतकीय पारी खेले। ४९ बल खेलका उनले १३ छक्का र ३ चौका प्रहार गर्दै १ सय १० रनको महत्वपूर्ण योगदान गरे।

नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एकरएक विकेट लिए। टी(२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो।

सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।