५ आश्विन २०८३, सोमबार 1790053473
Banner

काँग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौलालाई उठायो

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभएको छ ।