५ आश्विन २०८३, सोमबार 1790044259
Banner

कांग्रेसलाई ओलीको प्रश्न, पोहोर समर्थन गर्न हुने अहिले किन नहुने ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक आफुले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमनत्री बनाउदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिएपनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले पोहोर विश्वासको मत दिने कांग्रेस अहिले किन बटारिएको भनेर प्रश्न गरेका हुन् ।

‘पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने ? मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’, ओलीले भने, ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?’

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।