२८ भदौ २०८३, आइतबार 1789314663
Banner

कांग्रेस सांसदले ‘आफैं धामी …’ भनेपछि संसदको रेकर्डबाट हटाउन एमाले सांसद तिवारीको माग

काठमाडौं-नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई रवि लामिछानेलाई लक्षित गर्दै ‘झाँक्री पनि त्यही, बोक्सी पनि त्यही’ भन्ने शब्द प्रयोग गरेपछि एमालेकी सांसद प्रतीक्षा तिवारीले नियमापत्ति जनाउनु भएको छ।

सांसद राणाले सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको व्यक्ति नै गृहमन्त्री भएको भन्दै आरोपी व्यक्ति र छानबिन गर्ने व्यक्ति एउटै भएको भन्दै सो शब्द प्रयोग गर्नुभएको थियो।

राणाले बोले लगत्तै एमाले सांसद तिवारीले महिलालाई विभेद गरेको भन्दै नियमापत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘महिलाहरूलाई विभेद गर्ने गरी आफैं धामी आफैँ बोक्सी भन्नुभएको छ। त्यसको नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्छु।’

उहाँले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउनु भयो।