काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जीवी राईसहित १४ प्रतिवादीलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडितले उजुरी दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सुशासन समितिको बैठकमा सात जना पीडितहरुले सुशासन समितिका सभापति रामहरि खतिवडालाई ध्यानाकर्षण गराउँदै जीवी राईसहित १४ प्रतिवादी पक्राउ गर्न माग सहित उजुरी दिएका हुन् ।
पीडितहरुले समितिको बैठकमा आफ्ना माग पढेर सुनाएका थिए । सूर्य दर्शन सहकारविरुद्ध एक हजार ३७ जनाले उजुरी गरेका बताइएको छ । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समिति अध्यक्षले सभापति खतिवडालाई जिल्ला प्रहरी कार्यालयले किटान गरेका व्यक्तिलाई कारबाही गर्न माग समेत गरेका छन् ।