२८ भदौ २०८३, आइतबार 1789344270
Banner

गृहमन्त्री लामिछानेले भने, सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्‍नो नामबाहेक केही पनि नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले सहकारी प्रकरणमा आफ्नो नामबाहेक कुनै पनि संलग्नता नरहेको दाबी गरेका हुन्। ‘जहाँ मेरो नाम छ भनिएको छ त्यहाँ मेरो नामबाहेक केही पनि छैन। अर्थात् न हस्ताक्षर छ न ल्याप्चे छ, न मैले कुनै निवेदन दिएको छु, न सामान्य केवाइसी भरिएको छ। केही पनि भरिएको छैन,’ उनले भने।

समितिमा आइजिपी कुँवरले पनि लामिछानेविरूद्ध अहिलेसम्म कुनै पनि प्रमाण फेला नपरेको दाबी गरे।

‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो। ठाडो उजुरीको रूपमा जो इस्यू आयो दर्ता भयो। तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन। कानुनी दायरामा पर्ने अवस्था छैन। र अहिले त्यो जुन सांकेतिक रूपमा आएको छ रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्मको तथय प्रमाणमा कुनै पनि आधार देखिँदैन,’ उनले भने।