इलाम । राप्रपाले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । इलाममा आउँदो वैशाख १५ उपनिर्वाचन हुँदैछ ।