२७ भदौ २०८३, शनिबार 1789242169
Banner

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक-२०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ।