२० आश्विन २०८३, मंगलबार 1:59 am
Banner

१९ प्रहरी निरीक्षकको डीएसपीमा बढुवा सिफारिस

काठमाडौं :  प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। 

हिजो बसेको बढुवा समितिको बैठकले  ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। 

२०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो।