८ मंसिर २०८१, शनिबार 1732386755
Banner

राष्ट्रियसभाको उपाध्यक्षमा विमलालाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनमा भएको पूर्वसहमति अनुसार उम्मेदवार टुंगो लगाइएको एमालेले जनाएको छ ।

एकीकृत समाजवादी गठबन्धनमा सहभागी नहुँदै एमाले, माओवादीबीच उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो ।

तर पछि एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि आफूले पनि उपाध्यक्ष पाउनुपर्ने दावी गर्दै आएको छ ।