२७ भदौ २०८३, शनिबार 1789238936
Banner

जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा

काठमाडौं-नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो।

भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ।