धनगढी । विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । बैठक अझै सुरू भएको छैन ।
कांग्रेसका १८ सहित नागरिक उनमुक्ति पार्टी का ७, राप्रपा र स्वतन्त्र सांसदले मत दिए मात्र शाहलाई बहुमत पुग्छ । तर नाउपाको विवादले सांसद नै नआउने भएपछि शाहले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिएका हुन ।