१६ असार २०८३, मंगलबार 1782882644
Banner

इलाम-२ मा ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ४ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलाममा जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । 

यस्तै नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गरेको र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वचन अधिकृत केशवप्रसाद घिमिरेले  जानकारी दिए त्यहाँ एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, कांग्रेसबाट डम्बर खड्कासहित अन्य साना दलले पनि उम्मेदवारी दर्ता गराउँदैछन्। 

यस्तै मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवारले पनि मनोनयन दर्ता गराइरहेका छन् । अन्य दलका तर्फबाट पनि उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा छन् ।