२७ भदौ २०८३, शनिबार 1789241388
Banner

रास्वपाका मिलन लिम्बूले गरे उम्मेदवारी दर्ता

काठमाडौं । इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपाका उपासभापति तथा श्रम मन्त्री डिपि अर्यालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेवदारी दर्ता गराएका हुन्।

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिलेसम्म कांग्रेसबाट डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।