२८ जेष्ठ २०८३, बिहिबार 1781160628
Banner

पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु

धनकुटा । धनकुटामा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ। मृत्यु भएका बालक कसरी डुबे भन्ने बारेमा स्थानीय बीचमा विवाद भएकाले घटनास्थल सुरक्षित राखी अनुसन्धान भइरहेको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।