८ मंसिर २०८१, शनिबार 1732386911
Banner

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ– वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

उपनिर्वाचनका लागि इलाम –२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।