काठमाडौँ । प्रहरीले कैलालीको धनगढीमा झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ को शिवनगरका २५ वर्षीय पंकज चन्द रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार चन्दको घरबाट १४ कार्टुन भाईब्रेट कण्डम बरामद गरिएको छ । सुत्ने कोठामा लुकाइछिपाइ राखेको अवस्थामा विशेष सूचनाका आधारमा उक्त कण्डम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइएको जनाइएको छ ।
चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेको प्रहरीको भनाइ छ ।