३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:00 am
Banner

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सूचना प्रेस २०८० चैत्र २७ मंगलबार ००:००, १३:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेको थियो ।

कांग्रेसकी सचेतक सुशीला थिङले बोलेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिएका थिए । कांग्रेसका सांसदले अवरोध गरेपछि सत्ता पक्षका सांसद पनि उभिए । उनीहरूले बोल्न दिनका लागि माग गरेका थिए । सभामुखले सदन सुचारु गर्न पटक पटक आग्रह गरेका थिए ।