२८ भदौ २०८३, आइतबार 1789331360
Banner

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, अहिलेसम्म कुरा मिल्न सकेन।

सरकार समिति गठन गर्ने पक्षमा छैन। कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाएका थिए ।