काठमाडौं– सरकारले इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ बिहीबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
नमाज पूरा गरेपछि एकअर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।