२० आश्विन २०८३, मंगलबार 8:25 pm
राजनीति

एमालेको प्रतिनिधि परिषद् बैठकमा सभापति देउवालाई अतिथि बन्न निम्तो

काठमाडौं-नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी भइदिन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ ।

एमाले सचिव योगेश भट्टराईले बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निम्ता दिनु भएको हो।

एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा भोलिबाट शुरु हुँदैछ।

नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ।