२८ भदौ २०८३, आइतबार 1789334230
Banner

अध्यक्ष ओलीको प्रश्न: कम्युनिष्टहरूबीच एकता गरिहाल्ने भए फुटेका चाहिं किन थियौं ?

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै एकीकरण गरेर सबै देशभरीका कम्युनिष्टहरु मिल्ने सम्भावना नरहेका बताउनु भएको छ।

आज नेकपा स्थापनाको ७५ वर्ष पुगेर ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालका कम्युनिस्टहरू तत्काल एकता नहुने बरु सहकार्यको माध्यमबाट निकट हुँदै जाँदामात्र भविष्यमा एक हुने बताउनु भएको हो।

‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ’, ओलीले भन्नुभयो, ‘तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन्।’