३० असार २०८३, मंगलबार 1784044263
Banner

पल शाह प्रकरणमा ट्वीस्ट, पीडित किशोरी गायिकाले बयान फेरिन्

काठमाडौं। जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। अभिनेता पल शाहविरुद्धको मुद्धामा आफ्नो उजुरी सत्य नभएको बताउँदै नाबालिग गायिकाले बयान फेरेकी हुन्। नाबालिग गायिकाले बयान फेरेपछि यो मुद्दामा ट्वीस्ट आएको छ।

पल शाह पुर्पक्षको लागि थुनामा छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्। उनले यसअघिको बयान आफ्नो नभई प्रहरीले आफैँले लेखेको आरोप लगाएकी पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बताइन्। अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी छिन्।

यद्यपि पीडित गायिकाको परिवारले भने प्रभावमा लिएर बयान फेरेको दाबी गरेको छ। जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ।