काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा उनले जमानत जोगाउन नसकेका हुन्।
निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ। निर्वाचन आयोगको कार्यालयका अनुसार इलाम –२ मा ६९ हजार ३७४ मत खसेकोमा ६८ हजार ४७२ मत सदर भएको थियो। लिम्बूले पाँच हजार ५० मात्र मत ल्याए।
काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को जमानत जफत भएको छ । रास्वपाका उमेदवार मिलन लिम्बूले जमानत जोगाउन नसकेका हुन् । उनले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याए ।
निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
इलाम–२ मा आफ्ना उमेदवारलाई जिताउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए ।