काठमाडौं । मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक बिदा दिने निर्हुणय गरेको छ।
![](https://suchanapress.com/wp-content/uploads/2022/02/publick-holiday.jpg)
चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्नेगर्छ। त्यसैले दर्शनार्थीहरूलाई सहजहोस् भन्ने उद्देश्यका साथ बिदा दिइएको नगरपालिकाले जनाएको छ।