१९ असार २०८३, शुक्रबार 1783070195
Banner

उपेन्द्र यादवको पार्टी विभाजन, नयाँ पार्टी गठन गर्दै अशोक राई

काठमाडौँ-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुभएको छ।

आइतबार उहाँले आयोग कार्यालय पुगेर निवेदन दिएको पार्टीकी सांसद सुशिला श्रेष्ठले जानकारी दिनुभयो।

राई प्रतिनिधि सभाका सांसद हुन्। उहाँका श्रीमती सुशिला श्रेष्ठ समेत सांसद हुनुहुन्छ। यदी राईले नयाँ पार्टी गठन गरे जसपा औपचारिक रुपमा विभाजन हुनेछ।

जसपामा प्रतिनिधि सभातर्फ १२ सांसद छन्। यस्तै अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य मन्त्री हुनुहुन्छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाका एक राज्यसहित तीन मन्त्री छन्।