२७ जेष्ठ २०८३, बुधबार 1781110599
Banner

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद्अन्तर्गत आज एकै समयमा तीन वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्र्तगत अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमामा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा समितिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भएका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति र समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।