२९ जेष्ठ २०८३, शुक्रबार 1781309819
Banner

मधेशमा सरकार छाड्दै माओवादी

जनकपुरधाम-मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले आज सरकार छाड्ने भएको छ। मधेश सरकारमा माओवादीका दुई मन्त्री छन्। माओवादी संसदीय दलका नेता भरतप्रसाद साह वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले तोकेको छ। तर, साहले अहिलेसम्म कार्यभार सम्हालेका छैनन् । त्यस्तै युवराज भट्टराई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री छन्।

माओवादीका दुवै मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको जनाएको छ। मधेशको यो राजनीतिक तरंगलाई जसपा नेपाल विभाजनको साइड इफेक्टको रूपमा लिइएको छ। मधेशमा अहिले जसपा नेपालको सरकार छ। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ। माओवादी दलका नेता साहले अर्थमन्त्रालयमा दाबी गर्नुभएको थियो।

जसपाकै संजय यादव अर्थमन्त्री रहेकाले मुख्यमन्त्रीले उक्त मन्त्रालय माओवादीलाई दिन तयार हुनु भएन। अर्थ मन्त्रालय सट्टा माओवादीका साहलाई वन तथा वातावरण मन्त्रालय तोकेपछि उहाँले चित्त बुझकेको थिएन। सोही कारण वर्तमान मुख्यमन्त्रीको विकल्प सोच्दै माओवादी सरकार छाड्न लागेको एक स्रोतले जनाएको हो।