२७ भदौ २०८३, शनिबार 1789234930
Banner

मधेश सरकारबाट एमाले पनि बाहिरियो

काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो।

आइतबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी नेता यादवले दिनुभएको हो। समर्थन फिर्ता लिएसँगै एमालेका ६ जना मन्त्रीलेसमेत राजीनामा दिएका छन्।

आइतबार नै नेकपा (माओवादी केन्द्र) लेसमेत मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।